काठमाण्डाैं।झण्डै दुइ दशक विताएकाे क्लव वार्सिलाेना छाडनुपर्दा राेएका अर्जेन्टिनाका सुपरस्टार खेलाडी लियाेनल मेस्सीकाे आँशुकाे मुल्य निकै महंगाे परेकाे छ।उनी क्लव छाडेर फ्रान्सकाे क्लव पिएसजी प्रवेश गरे तर उनले क्लव छाडनुपर्दा आँखाबाट झरेकाे आँशु पुछेकाे टिस्यु भने मुल्यवान भएकाे छ।
उनले आँशु पुछेर फालेकाे टिस्यु एक ब्यक्तिले उठाएका थिए।र,अहिले उनले त्यस टिस्युलाइ सार्वजनिक लिलामिमा राखेका छन।फुटवलका महान हस्ती मेस्सीकाे आशु लागेकाे टिस्यु अहिले दस लाख डलर मुल्यकाे भएकाे छ।
अर्न्तराष्ट्रिय लिलामी वेवसाइट मेइकदाैले लिलामीमा राखेकाे टिस्यु अहिलेसम्म कसैले किनेकाे भने छैन ।
लामाे समय पसिना वगाएकाे क्वलबबाट अचानक छाडनुपर्दा मेस्सी भावुक भएर राेएका थिए।




