काठमाण्डाैं । सरकारले ल्याएकाे अध्यादेशकाे सर्वत्र विराेध हुन थालेकाे छ।
नेकपा एमालेकाे माधव नेपाल पक्षका नेता गाेकर्ण विष्टले यसकाे विराेध गरेका छन।उनले दल विभाजन गर्ने गरि ल्याइएकाे अध्यादेश खेद जनक रहकेाे वताउदै यसकाे प्रतिकार गर्न यसलाइ फिर्ता लिने वनाउन दवाव दिउँ भनेका छन।उनकाे भनाइ यस्ताे छ-
लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरित दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ । यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा बिभाजनलाई प्रोत्साहित गर्नेछ । राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ । दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दु:खद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ ।




