रिबन

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । आज मंगलबार बिहान ११ बजे बैठक बोलाइएको छ । सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । आजै संसदीय दलको बैठक दिउँसो दुई बजे बोलाइएको छ ।
प्रतिनिधिसभा बैठक अन्त्य भएसँगै सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा चलेपछि ओलीले पार्टीमा सक्रियता देखाएका हुन् । एमाले फुटाउन सरकारले अध्यादेश ल्याउन लागेको भन्दै सोमबार मध्यरातमा दुई पानाको विज्ञप्ति निकालेर त्यसको विरोध गरेका थिए ।
माधव कुमार नेपालले सहमति देखाए प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी फुटाउन सक्ने गरी अध्यादेश ल्याउने तयारी गरेका छन् । सो अध्यादेशले ओली पक्षलाई घाटा लाग्ने भएपछि अहिले पार्टी भित्र रोईकराई सुरु भएको छ । जसरी पनि माधव पक्षलाइ हातमा लिएर अध्यादेश रोक्न ओली आफैँ जुटेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *