रिबन

अफगानस्तानवाट अमेरिका भागेको कि ‘पोलिसी डिपार्चर’ गरेको ?

काठमाण्डौं । अफगानस्तानबाट अमेरिका पछि हटेपछि पुर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो वाइडेनको राजीनामा मागेका छन । उनले राष्ट्रपति वाइडेनले अमेरिकाको इज्जत माटोमा मिलाइदिएको भनेका छन । अर्थात अमेरिकालाइ जसरी भियतनाममा धक्का लागेको थियो यस्तै धक्का अफगानस्तानमा लाग्यो भन्ने उनको भनाइ छ ।

राष्ट्रपति ट्रम्पको भनाइ एक हदसम्म ठिक पनि हो । यदि अमेरिका पछि नहटेको भए यस्तो अवस्था आउने नै थिएन तर के अमेरिका अनन्त कालसम्म अफगानस्तामा वस्न सक्थ्यो ? यहि तर्क अहिले राष्ट्रपति वाइडेन गरिरहेका छन । उनले अफगानस्तानमा अमेरिकाको जिरो जिम्मेवारी रहेको वताइदिए । साथै उनले भने–यदि अर्को पाच बर्ष बसेपनि यहि हुन्थ्यो,जबसम्म अफगानी जनता प्रजातन्त्रको रक्षमा उत्रिदैनन,हामी केही गर्न सक्दैनौं । तर,आफुले समर्थन गरेको सत्ता पल्टदा अमेरिका चुप वस्नु भनेको उसको विश्वब्यापी शक्ति कमजोर हुदै गएको अर्थ लाग्दछ जुन वाइडेनले उति वास्ता गरेको देखिन्न ।

के अमेरिका कमजोर भएकै हो त ? वा अमेरिकाले पोलिसि डिपार्चर गरेको हो ?अफगानस्त केस अमेरिका कमजोर भएको सोझै देखिन्छ तर कुरा यति मात्र भने होइन । अमेरिकाले अफगान सेनालाइ ठुलो सहयोग गरेको थियो । अफगानी सेनासंग १३५ भन्दा बढी लडाकु विमान थियो । केही लडाकु विमान भारतले समेत दिएको थियो । ३ लाख भन्दा बढी सेना थियो । यसको तुलनामा तालिवानसंग करिव ८५ हजार सेना थियो भने हतियार अलि पुराना थियो । तैपनि उसले युद्ध जित्यो । कसरी ?

अफगानस्तानमा कुनै वेला वेलायत,यसपछि अमेरिका र पछि भारतसम्म लागिपरयो तैपनि युद्ध हारयो । किनभने अफगानस्तानमा रुस र चिनको प्रत्यक्ष सहयोग तालिवानलाइ थियो । अफगानस्तानमा यी दुइ देशले सफलता पाए । यसैकारण अहिले अमेरिका दुतावास समेत वन्द गरेर भाग्दैछ भने रुसको राजदुतले मंगलवार तालिवानी नेतालाइ भेटने समय लिइसकेका छन । चीन अफगानस्तानको दुतावास यथावत राख्छु भनेको छ । र,तालिवान चाहि अफगानी जनतलाइ नडराउ भन्दैछ ।
अफगान राजनीतिमा अर्कोपक्ष पनि जोडिएको छ । खासमा अमेरिकाले पोलिसीमा मेजर डिपार्चर लिएको देखिन्छ । गत बर्ष नै जब कट्रम्प राष्ट्रपति थिए उनले तालिवानसंग दोहामा सम्झौता गरेका थिए । सो सम्झौतामा अफगान राजनीतिमा तालिवानले हस्तक्षेप नगरे अमेरिकाले सेना फिर्ता लैजान कुरा उल्लेख थियो । यहि नीति वाइडेनले कार्यान्वयन गरेका मात्र हुन । किनभने अमेरिकाले अफगानस्तानमा १ ट्रिलियन भन्दा बढी रकम खर्च गरिसकेका छ । र,अब कति गर्ने भन्ने प्रश्न थियो ।

यहि वेलामा विस्तारै रुस सम्हालिएर आउन थालेको छ ।यसैकारण सिरियामा अमेरिकाले धक्का खानु परयो भने चीन विश्व बन्ने दौडमा लागेको छ । यसकारण अब साना कुरामा अल्झिने कि रुस र चिनलाइ रोक्ने भन्ने अमेरिका मन्थनमा पुगेको छ । उसले समय अनुसार नीति बदलेको छ । इन्डोपेसिफिक क्षेत्रलाइ उसले महत्व दिएको छ । यसको एउटा उदाहरा भियतनामलाइ लिन सकिन्छ ।

जुन भियतनाम अमेरिका भागेको थियो त्यहीबाट उसले इन्डो पेसिफिसिक रणनीति सार्वजनिक गरेको छ । यसकारण अब अमेरिका यो क्षेत्रमा एउटा युद्ध चाहन्छ । अनि,क्षेत्रीय शक्तिहरु अमेरिकालाइ सन्तुलित राख्न र आफनो प्रभाव नघटोस भन्ने चाहन्छन । अबको दशक यहि रस्साकस्सीमा चल्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *