राजनीति

महन्थ ठाकुरको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समितिका प्रथम अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोग विरुद्ध दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश दीपक कुमार कार्की र डा. आनन्दमोहन भट्टराईले सोमबार ‘अन्तरिम आदेश जारी नहुने’ आदेश गरेका हु्न् ।

जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी विवाद निरुपण गर्ने प्रयोजनको लागी निर्वाचन आयोगले ‘केन्द्रिय कार्यकारिणी समितिका सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको’ भन्दै एकीकरण हुँदा बखत सनाखत गरेका सदस्यहरुलाई साउन ११ मा बोलाएको थियो ।

कार्यकारिणी समितिका सदस्यहरु नागरिकतासहित उपस्थित हुनुपर्ने आयोगको निर्णयपछि आफुलाई ‘अन्याय भएको’ भन्दै महन्थ ठाकुरले आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाएर साउन ८ मा रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो भने आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो । आयोगको सो निर्णयविरुद्ध ठाकुरले साउन १५ पुनः सर्वोच्चमा रिट दायर गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *