राजनीति

संसद अन्त्य गरेर अध्यायदेश ल्याउन लागिएको हो ?

काठमाडौं । सरकारले चालू संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । चालू संसद अन्त्य गरेर एमाले फुटाउने हिसाबले अध्यायदेश ल्याउन लागेको एमाले सांसद महेश बस्नेतले आरोप लगाएका छन् । उनले संसद अधिवेशन अन्त्य गरेर एमाले फूटाउने अध्यादेश ल्याउन लागेको भन्दै कडा आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले सांसद महेश बस्नेतले सरकारले संसद अधिवेशन अन्त्य गरेर एमाले विभाजन गर्ने अध्यादेश ल्याउनलागेको भन्दै विरोध गरे । बस्नेतले संसद अधिवेशन गरेर अध्यादेश ल्याए आजको दिन संसदीय इतिहासमा कालो दिनको रुपमा अंकित हुने टिप्पणी गरे ।

नेकपा एमालेको नेपाल–खनाल समूहलाई अलग भएर पार्टी बनाउन सहज हुने गरी सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला एमालेको संस्थापन पक्षले त्यसको विरोध गरेको हो ।

सरकारमाथि एमाले फूटाउन अध्यादेश ल्याउन लागेको आरोप लाग्दै आएको छ । कानूनी रुपमा यही अवस्थामा सरकारमा जाँदा समस्या हुने भएकाले दल विभाजनसम्बन्धी खुकुलो प्रावधान बनाउन खोजिएको बताइएको छ ।

गठबन्धन सरकारले पार्टी फुटाउनका लागि संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुग्नुपर्ने प्रावधानलाई खुकुलो बनाउने तयारी गरेको छ ।

जसअनुसार दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशत पुगे हुने प्रावधान तथा ४० प्रतिशतको थ्रेस होल्डलाई ३० या ३५ प्रतिशतमा झार्नेबारे छलफल चलिरहेको छ ।

केन्द्रीय कमिटीमा ४० प्रतिशत पुगेपनि नेपाल खनाल समूहको संसदीय दलमा ४० प्रतिशत पुगेको छैन । तर अलग हुने अवस्थामा त्यो बढ्ने यो समूहले दावी गर्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *