काठमाडौं । सरकारले प्रदेश २ का प्रमुख डा.राजेश झा अहिराजलाई हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अहिराजलाई प्रदेश २ प्रमुखको जिम्मेवारीबाट पदमुक्त गरेको हो ।
डा. झालाई हटाएर उनको स्थानमा सरकारले हरिशंकर मिश्रलाई नियुक्त गरेको छ। मिश्र बीपी कोइराला नेतृत्वको सरकारका उद्योगमन्त्री रामनारायण मिश्रका छोरा हुन् ।
मिश्र नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य र पूर्वसांसद हुन्। उनले २०४८ सालमा महोत्तरीबाट चुनाव जितेका थिए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि यसअगाडि गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख पठाइएको थियो।




