काठमाण्डौं । समय जति घर्किंदैछ–केपी ओलीसंग विद्रोह गरिरहेका माधव नेपाल झन झन तनावमा परेका छन । माधवपक्षमा रहेका स्थायी कमिटी सदस्य मध्येका अधिकांश पार्टी विभाजनको विपक्षमा देखिएपछि उनी तनावमा परेका छन । अहिलेकै अवस्थामा केपीलाइ अध्यक्ष मानेर एमालेमा प्रवेश गर्ने माधवको चाहना छैन । तर,आफनो समुहको सेलिव्रेटी नेता जति राजनीतिक भवष्यि जोखिममा नपार्ने मुडमा पुगेपछि माधव तनावमा परेका हुन । पार्टी मिलाउनुपर्छ भनेर लागेका भीम रावल देखि सुरेन्द्र पाण्डेसम्म अहिले माधव नेपालको सम्पर्कमा कम आउन थालेका छन । पार्टी मिलाउछु भन्दै अरु त अरु स्वयम माधव नेपालकै सम्धी समेत रहेका सोमप्रसाद पाण्डे राष्ट्रपति विद्यादेवी भण्डारी गुहार्न पुगेका छन । उनले साउन महिनामा मात्र चार पटकसम्म अध्यक्ष केपी ओलीलाइ भेटेका छन ।
पाण्डे जस्तै नेता भीम रावल पनि अहिले केपी ओलीको सम्पर्कमा छन । पार्टी भित्र अत्यन्त आत्मकेन्द्रित महत्वाकांक्षी नेताको परिचय वनाएका रावल पार्टी फुटाउन हुन्न पक्षमा पुगेका छन । तर माधव नेपाललाइ ओलीको दमन सहेर वस्न सकिन्न भनेर उचाल्ने प्रमुख नेता भने उनै रावल हुन । गत हप्ता भएको स्थायी कमिटीको वैठकमा रावलले सवैभन्दा बढी स्पष्टिकरण यहि विषयको दिनुपरेको थियो । सवैभन्दा रोचक सुरेन्द्र पाण्डेको भएको छ ।
उनी वार्ताकार मध्येका एक हुन र उनी पछिल्लो समयमा माधव नेपालतिर नलाग्ने मुडमा पुगिसकेका छन । वार्ता गर्दौ गर्दै केपी ओलीसंग अर्थमन्त्री वार्गेनिङ गरेका पाण्डेले अहिले पार्टी फुटाउन हुन्न र फुटेमा माधव तिर लाग्दिन भन्न थालेका छन । उनले यसो भनेपछि गत साता माधव नेपाल आफुतिरका चार जना विश्वासिला नेतालाइ भेटन पाण्डेको निवासमा पठाएका थिए ।
विश्वस्तस्रोतका अनुसार,सो भेटमा पाण्डेले राजनीति जोखिममा पार्दिन भनेर जवाफ फर्काएको वुझिएको छ । माधवतिर रहेका भनिएका भीम आचार्य,गोकर्ण विष्ट पनि यहि लाइनमा छन । र,योगेश भटटराइले त सार्वजनिक रुपमा नै पार्टी फुटने अवस्था भए माधवतिर लाग्दिन भनिसकेका छन ।
यो सवैकुरा सुनेर अहिले माधव नेपाल चकित परेका छन । यसैकारण उनले शनिवार सम्वोधन गर्दै गलेर सम्झौता गर्दिन भनेका हुन ।




