काठमाण्डाैं । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। तालिवान सैनिक र यसका प्रमुख नेता राष्ट्रपति भवन प्रवेश गरेपछि उनले देश छाडेका हुन।
तालिवानले देशको अधिकांश भाग कब्जा गरिसकेकाे छ।यसपछि अफगानी राष्ट्रपति घानीले देश छोडेर ताजकिस्तानतिर प्रस्थान गरेका हुन । बिहानदेखि राजधानी काबुलका विभिन्न नाकाहरुबाट तालिवानी सेनाहरु भित्रि भागमा प्रवेश गर्दै सेता झ्डा फहराउन थालेका छन ।
राषष्ट्रपति घानी देश छाडेर भागेका छन भने २० बर्षसम्म अफगानस्तनालाइ सुरक्षा दिएकाे अमेरिकी सेना भने दुतावासमा रहेका अमेरिकी नागरिक भगाएर लगिरहेकाे छ।




