विश्व

काबुल पस्यो तालिवान समूह

एजेन्सी । तालिवान लडाकू समूह अफगानिस्तानको राजधानी काबुल पसेको छ । केही समयअघि लडाकू समूह हतियारसहित काबुल पसेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

बीबीसीका अनुसार लडाकू समूहले तत्काल कुनै आक्रमण गर्ने नीति लिएका भने छैनन् । उनीहरूले स्वेच्छाले काबुल छाड्नेलाई समय दिने बताएका छन् ।

आइतबार बिहानै लडाकू समूहले काबुलको चारैतिरबाट प्रवेश गर्ने तयारी गरेका थिए । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि तालिवानले कब्जा लिने नीति अघि बढाएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *