राजनीति

कांग्रेसका ९ भ्रातृ संस्थाको म्याद पदावधी समाप्त भएको मितिले ६ महिना थपियो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीले म्याद समाप्त भएका ९ वटा भ्रातृ सस्थाको म्याद ६ महिना थप गरेको छ ।


पार्टी सभापति शेरबहादुर देउवा निवासमा लगातार तीन दिन बसेको कांग्रेस केन्द्रीय समिति बैठकले ९ वटा भ्रातृ सस्थाको पदावधी समाप्त भएको मितिले ६ महिना म्याद थप गर्ने निर्णय गरेको हो ।

भदौं २८,२९ र ३० गते बसेको केन्द्रीय समिति बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसदा पौडेलले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *