समाचार

काबुलबाहेक प्रमुख सहरमाथि तालिबानको कब्जामा

एजेन्सी । अफगानिस्तानमा तालिबान लडाकुहरूले एकपछि अर्को सहर कब्जा गर्दै गएका छन् । देशका ३४ मध्ये २४ प्रान्तमा तालिबानले कब्जा जमाइसकेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

लडाकू समूह राजधानी काबुलतर्फ तीव्र रूपमा अगाडि बढ्दै गर्दा त्यहाँ तनाव देखिएको छ । तालिबान लडाकुहरूले पूर्वी सहर जलालाबाद आइतवार बिहानै नियन्त्रण कायम गरेको बीबीसीले जनाएको छ ।

योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ। अर्को महत्त्वपूर्ण उत्तरी सहर मजार(ए(शरिफमाथि कब्जा जमाएको भोलिपल्ट लडाकुहरूले पछिल्लो सफलता हासिल गरेका हुन् । सरकारी फौजहरूको विफलतासँगै राष्ट्रपति अशरफ गनीमाथि राजीनामा गर्न दबाव बढ्दो छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *