गलो मुग्ध मैना चरीझैं कसोरी ?
नबिर्सेर बैना पठाऊँ कसोरी ?
नियास्रो मनैले म छोपूँ दुवाली
कि आँखा छ उस्तो तनै लाग्छ जाली ।१।
छु बल्झेर एक्लै म एकान्त कान्ता !
छचल्क्यौ नसामा हरायौन अन्त ।
खुसाऊन् सुसारे सबारी र डोली
असारे फुलेझैँ खुलून् झट्ट भोलि ।२।
नहोस् जिन्दगी यो बिजोडी विनाको
नदी भै किनारा दुवै प्यास मेट्तो
बुटा फूल फुल्दा नहून् क्वै उदास
सदा प्यार पाऊन् र लेऊन् सुवास ।३।
प्रतिज्ञा कबोलौं बसौं छेउछाउ
इसारा दबाई पसारा छ घाउ ।
जुनेलीसँगैको चखेवा छ भिन्न
नहोस् रङ्गशाला तनै शुष्क शून्य ।४।
मादी न.पा.– ६, सङ्खुवासभा, हालः लोकन्थली, भक्तपुर




