कला/साहित्य

छचल्क्यौ नसामा

गलो मुग्ध मैना चरीझैं कसोरी ?
नबिर्सेर बैना पठाऊँ कसोरी ?
नियास्रो मनैले म छोपूँ दुवाली
कि आँखा छ उस्तो तनै लाग्छ जाली ।१।

    छु बल्झेर एक्लै म एकान्त कान्ता !
    छचल्क्यौ नसामा हरायौन अन्त ।
    खुसाऊन् सुसारे सबारी र डोली
    असारे फुलेझैँ खुलून् झट्ट भोलि ।२।

नहोस् जिन्दगी यो बिजोडी विनाको
नदी भै किनारा दुवै प्यास मेट्तो
बुटा फूल फुल्दा नहून् क्वै उदास
सदा प्यार पाऊन् र लेऊन् सुवास ।३।

    प्रतिज्ञा कबोलौं बसौं छेउछाउ
    इसारा दबाई पसारा छ घाउ ।
    जुनेलीसँगैको चखेवा छ भिन्न
    नहोस् रङ्गशाला तनै शुष्क शून्य ।४।  

मादी न.पा.– ६, सङ्खुवासभा, हालः लोकन्थली, भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *