काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी पुस ११ गतेदेखि १३ गतेसम्म केन्द्रीय राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
काठमाडौँको बत्तीसपुतलीमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय र प्रदेश स्तरका अधिवेशनहरु सकेपछि पुस ११ माओ दिवसको अवसर पारेर पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन ।
भदौ मसान्तभित्र माओवादी केन्द्रले देशभर पार्टी सदस्यता वितरण र नविकरणको काम सम्पन्न गर्ने प्रचण्डको प्रस्तावमा उल्लेख छ । मंसिर १५ प्रचण्डले असोज १० गते–देशैभर एकै दिन टोला, असोज २० गते वडा सम्मेलन, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन र मङ्सिर १५ गते प्रदेश सम्मेलन गर्ने प्रस्ताव गरेका छन ।




