राजनीति

भदौ २३ बाट वडा अधिवेशन, मंसिर १८-२० गते केन्द्रीय महाधिवेशन प्रस्ताव गर्ने कांग्रेसको तयारी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले १४ औं महाधिवेशनको प्रक्रिया भदौं २३ गतेदेखि थाल्ने तयारी गरेको छ । महाधिवेशनको सम्वन्धमा अनेक आशंका र आलोचना भइरहेको बेला कांग्रेसले भदौं २३ गतेबाट वडा अधिवेशन सुरु गर्ने तयारी गरेको बुझिएको छ ।

जारी केन्द्रीय समिति बैठकमा भदौं २३ बाट वडा अधिवेशन सुरु गरेर मंसिर १८, १९ र २० गते केन्द्रीय महाधिवेशनको प्रस्ताव पार्टी सभापतिले गर्ने बुझिएको छ । चाड पर्वको समय भएकाले वडा अधिवेशन सुरु गरिएको झण्डै चार महिनापछि सम्पन्न हुनेगरी केन्द्रीय महाधिवेशनको मिति प्रस्ताव गरिने स्रोतको दाबी छ ।

कांग्रेसले पार्टीको वैधानिकता जोगाउनका लागि भदौ २३ गतेबाट महाधिवेशनको प्रक्रिया सुरु गर्ने रणनीति अख्तिायर गरेको धैरैको अनुमान छ । यद्यपि महाधिवेशनको मितिका विषयमा नेताहरू बीच एक स्वर भने छैन । नेताहरुले आफू अनुकुलका तर्फ र बहस अघि सारेका छन । पार्टी भित्रका विभिन्न गुट र उपगुटहरुको मतमतान्तरका बीच पनि सभापति शेरबहादुर देउवा सहमति मै पार्टीको महाधिवेशनको मिति तोक्ने तयारीमा छन ।

सबैको ध्यान कांग्रेस केन्द्रीय समिति बैठकतर्फ :


यतिबेला सबैको ध्यान सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकतर्फ केन्द्रित छ । १४ औ महाधिवेशनको छिनोफानो गर्न डाकिएको केन्द्रीय समिति बैठक आरोप प्रत्यारोप मै सीमित छ । तीन दिनदेखि जारी केन्द्रीय समिति बैठकले ठोस निर्णय लिन सकेको छैन ।
वैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । २८ गतेको बैठकमा १० जना र २९ गतेको बैठकमा २६ जना केन्द्रीय नेताहरुले धारणा राखेका छन । अझै ६ दर्जनभन्दा बढी केन्द्रीय नेताहरुले धारणा राख्न बाँकी छ । सबै केन्द्रीय सदस्यहरुले धारण राख्न चाहेमा बैठक केही दिन लम्विने निश्चित जस्तै छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय सदस्यहरुको धारणा सुनेर महाधिवेशनको मिति तोकिने पत्रकारसम्मेलन मार्फत जानकारी गराइसकेका छन । बैठकमा नेताहरु एक आर्कालाई दोसको भारी बोकाएर आफू चोखिने ध्याउन्नमा छन ।

बैठकमा पैडेल पक्षको बखेडै बखेडा :


भदौं २८ गतेदेखि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रापचन्द्र पौडेल पक्षधर नेताहरु एकपछि अर्को बखेडा भिकिरहेका छन । पार्टी सभापतिलाई असक्षम करार गर्न जेहाद छोडेर लागेका पौडेलले समायोजनको विषयमा बखेडा भिकेका छन । क्रियाशील छानविन समितिले टुंग्याएको क्रिायशील विवादका पुन: छानविन गर्नु पर्ने मत पौडेल पक्षले अघि सारेको छ । आफैले फूल माला अविर खादा पहिरिएर कांग्रेसमा प्रवेश गराएका अन्यपार्टी नेता तथा कार्यकर्ताप्रति पौडेलले बैरभाव राख्नु उनकै लागि आत्मघाती कदम हो । पार्टी सभापति लड्ने तयारीमा रहेका पौडेलको यति विघ्न दुराग्रह किन ? समायोजनलाई इन्कार गरेर अघि बढ्ने तयारीमा रहेका पैडेललाई पार्टी राजनीति र निर्वाचनमा समेत यहि विषय गलपासो बन्ने निश्चित छ । विषेश महाधिवेशनका पक्षमा उभिएका पौडेल क्रियाशीलमा बखेडा झिकेर १३ औं महाधिवेशनका प्रतिनिधिहरुबाट १४ औं महाधिवेशन गराउने पक्षमा छन । पार्टीभित्र क्रियाशील विवाद भने समधानाउन्मुख छ ।

कहिले क्रियाशील विवाद त कहिले कोरोना महामारीका कारण कांग्रेसको महाधिवेशन तीन पटक स्थगित भइसकेको छ ।
काठमाडौंमा २०७२ फागुन २०-२३ गते सम्पन्न १३ औं महाधिवबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका हुन । यस अवधिमा सभापति देउवा दुई पटक प्रधानमन्त्री भएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *