कला/साहित्य

श्रीराम श्रेष्ठका कटौता

१.
घाम झुल्केछ
चिसोलाई पछार्दै
मनतातो पानीमा !

२.
हाम फालेर
माया जोड्न खोजेको
चिप्लिएर धस्सिँदा !

३.
कठिन यात्रा
गोसाइँकुण्ड तीर्थ
स्वर्ग नै ओर्ले जस्तो !

४.
कामको भार
समयको दौडमा
कर्म गरेको मन !

५.
मीठो कल्पना
इज्जत तन्काउँदा
बुझ्नु पर्छ आफैँले !

६.
बिहानी पख
उग्रेको डाँडाकाँडा
पोखेको कामुकता !

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *