काठमाडौं । नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले सामुहिक राजीनामा घोषणा गरेका छन । पार्टी विधान र निर्देशिकामा आमन्त्रित केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था नगरिएपछि असहमति प्रकट गर्दै राजीनामा घोषणा गरेका हुन । सामुहिक राजीनामा घोषणा गरेका आमन्त्रित केन्द्रीय सदस्यहरु आजको बैठकमा भने सहभागी थिए ।
पार्टी पदाधिकारी, केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने वैधानिक व्यवस्था छ । आमन्त्रित केन्द्रीय सदस्यहरु पनि स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था पार्टीको निर्वाचन निर्देशिकामा गरिने आश्वशन शीर्ष नेताहरुले दिएका थिए । तर निर्देशिकामा त्यो कुरा समेटिएन । आमन्त्रित केन्द्रीय सदस्यहरुलाई विधानले क्षेत्रीय प्रतिनिधि सरह अधिकार मात्र अधिकार दिएको छ ।
अन्य पार्टीबाट समायोजन भएर आएका नेताहरुलाई पनि सहज हुने भएकाले यो पटक आमन्त्रित केन्द्रीय सदस्यहरुलाई स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गर्नु पर्ने मत पार्टीभित्र बलियो थियो । अन्य पार्टीबाट समायोजन भएका अधिकांश आमन्त्रित केन्द्रीयलाई सदस्य बुथबाट प्रतिनिधि आउन सकस छ । विभिन्न गुट उपगुटमा विभक्त कांग्रेसमा एकथरिकाे समायोजनलाई इन्कार गरेर अघि बढ्न सके लाभ लिन सकिने ठम्याई छ ।
पार्टीमा हाल २२ जना आमन्त्रित केन्द्रीय सदस्य छन ।
१. नन्दनकुमार दत्त
२. कुमार खड्का
३. बालकृष्ण पाण्डेय
४. गोरख (आनन्द) विष्ट
५. नरेन्द्रकुमार चौधरी
६. हसन अन्सारी
७. किरणराज शर्मा पौडेल
८. रमा कोइराला पौडेल
९. कृष्णकिशोर घिमिरे
१०. गोपालकुमार बस्नेत
११. सुधीरकुमार शिवाकोटी
१२. मनोहरनारायण श्रेष्ठ
१३. ध्रुव वाग्ले
१४. मोहनसिंह राठौर
१५. शम्भुलाल श्रेष्ठ
१६. अभिषेख प्रताप शाह
१७. दयाराम पाण्डे
१८. जनकराज कलौनी
१९. भूमिबहादुर (विश्व) गुरुङ
२०. आशाराम चौधरी
२१. दिलीप राई
२२. राजेश बहादुर सिंह




