काठमाडौं । कांग्रेस पार्टी सभापति शेरवहादुर देउवाको निवास वुढानिलकण्ठमा वसेको केन्द्रिय समितिको वैठक निकै रोचक ढंगबाट अघि बढिरहेको छ । विहिवारबाट सुरु भएको केन्द्रिय समितिको वैठक शुक्रवार ११ बजेदेखि जारी छ । वैठकमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी बैठक नेताको घरमा नभइ पार्टी कार्यालयमा गर्न आग्रह गरेका छन ।
उनले पार्टी कार्यालयमा सक्रिय सदस्य चयनमा गडवढी भएको भनेर कार्यकर्ता अनशनमा वसेको भन्दै तिनको माग सम्वोधन गर्न र वैठक पार्टी कार्यालयमा गर्न माग गरे ।
उनले यसो भन्नु अघि नेता धनराज गुरुङ्गले वोलेका थिए । उनले पार्टी सभापति प्रधानमन्त्री भए लगत्तै मलाइ शेरवहादुर देउवा मन पर्छ भनेर भिडियो प्रशारित भएको ठिक भएन भने । उनले भने–आइ लभ यु केपी ओली भनेर प्रशंशा गर्नेहरुले वालुवाटारबाट ओलीलाइ वार्दलीमा पुरयाएको हेक्का राख्नुपर्छ । उनले यति भन्दा भन्दै सभापति देउवाले विचैमा भने–यता सुन्नुस त,अब मेरो प्रशशां गरिएको भिडियो नवनाउनु भनेर मैले निर्देशन दिइसकें । पत्याउनुस,अब त्यो आउदैन ।
यसपछि नेता गुरुङ्गले सरकारले भ्रष्टाचार नियन्त्रणमा ध्यान दिनुपर्ने वताए । ठुला भ्रष्टाचार नियन्त्रण नहुदा जनतामा निराशा छाएको उनको भनाइ थियो ।




