राजनीति

माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा, नसोचेको सफलता हात पारेपछि सबै नेता दंग

काठमाडौं । माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा सुरु भएको छ । बैठक केही समयअघिबाट सुरु भएको छ ।

संघीय सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाउन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक बोलाएका हुन् । लुम्बिनी प्रदेशमा सत्ताको नेतृत्व हात पारेपछि माओवादी केन्द्रको स्थायी समिति बैठक पहिलोचोटि बसेको हो ।

बैठकमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुनसहितका नेता उपस्थित छन् । बैठकमा माओवादी नेताहरू अरु दिनको तुलनामा आज निकै दंग देखिन्थे । लुम्बिनी प्रदेशमा नसोचेको सफलता हात पारेपछि नेताहरू खुसी देखिएका हुन् ।

लुम्बिनीमा माओवादी स्थायी समिति सदस्य कुलबहादुर केसी मुख्यमन्त्री बनेका छन् । योसँगै तीन प्रदेशमा माओवादी नेतृत्वको सरकार बनेको छ । संसदको तेस्रो ठूलो दलले तीन–तीनवटा प्रदेशमा सरकार बनाउन पाउनु ठूलै सफलता हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *