रिबन

एमाले नमिली सुखै छैन–पाण्डे

काठमाण्डौं । नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले एमाले पार्टी नमिली सुखै छैन भनेका छन । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिले पनि एमाले अध्यक्ष केपी ओली नै रहेको वताए ।

उनले मिडियामा एमाले तत्काल फुटछ भनेर भएको चर्चा हल्ला मात्र भएको वताए । उनले एमाले नमिले वामपन्थीहरुको भविष्य नै धरापमा पर्ने वताएका छन । नेता पाण्डेले नेताहरुविच एकताको पहल भइरहेको र निकट भविष्य मै एकता हुने दावी गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *