राजनीति

डा.महतले भने- नियतबस समाचार तोडमोड गरियो

काठमाडौ । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आफूले बोल्दै नबोलेको कुरा सञ्चारमाध्यममा आएको भन्दै आपत्ति जनाएका छन् ।

डा . महतले आज एक विज्ञप्ति प्रकाशन गरी प्रधानमन्त्रीको उपस्थितिमा सिमित निकटस्थ सहयोगी र नेताहरुका बिचमा राखेका कुरालाई जोडेर “शेर बहादुर देउवा किन मलाई मन पर्छ” भन्ने भिडियोको पक्षमा बोल्यो भन्दै नभनेका कुरा सञ्चार माध्यमहरुमा एकपछि अर्कोगरी सुनियोजित रुपमा सम्प्रेषण गरिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । आज उनले विज्ञप्ति प्रकाशन गरेर सो आपत्ति जनाएका हुन् ।

डा. महतले विज्ञप्तिमा भनेका छन्– प्रधानमन्त्री देउवाले आफ्नो जीवनको विभिन्न कालखण्डमा सत्तामा हुदा र नहुदा गरेका राम्रा कामहरुलाई उल्लेखित भिडिओमा प्रस्तुत गरेको भन्दा तथ्य र आधारसहित परिपक्क र भिन्न तरिकाबाट सम्प्रेषण गर्न सकिन्थ्यो भन्ने मलाई पनि लागेको छ।

प्रधानमन्त्री वा उहाको सहयोगीले गरेको कुनै कार्यले प्रधानमन्त्रीको छविलाई हानी गरेको छ भन्ने लागेमा प्रधानमन्त्रीको निरन्तर पहुँचमा रहेका नेता र निकटस्थहरुले सिधै प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने र त्यसका लागि सामाजिक संजालको सहयोग लिनुुपर्ने अवस्था के परिस्थितिले आइपरेको हो भनेर उक्त छलफलमा मैले जिज्ञासा मात्र राखेको हो– डा महतले विज्ञप्तिमा भनेका छन् ।

उनले नेतृत्व तहबाट कुनै कमी कमजोरी भएमा सिधै राख्ने मेरो स्वभाव छ त्यसले काम नगरे मात्र संस्थागत र सार्वजनिक रुपमा राख्नुपर्छ भन्ने मान्यता म राख्दछु, उनले भनेका छन् । छलफलका क्रममा भन्दै नभनेको कुरालाई यसरी तोडमोड गरी सञ्चारमाध्यममा त्यहीँ भित्रबाट सम्प्रेषण हुनु दुर्भाग्यपूर्ण भएको सबै सरोकारवाला,पार्र्टीका समर्थक र सुभचिन्तकहरुमा निबेदन गर्दछु–विज्ञप्तिमा उनले भनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *