काठमाण्डौं । तालिवानले अफगानस्तानको मुख्य १२ वटा शहर कब्जा गरेको छ । तालिवानले कब्जा गरेको यी शहर कुनै लहड वा हचुवामा कब्जा गरेको भने होइन । अमेरिकाले २० बर्षसम्म सैनिक क्याम्प राखेर वसेको देशबाट जब उ पछि हटयो तब तालिवान शक्तिशाली भयो । तालिवानले जब कान्दहार नै कब्जा गरयो तब संसारको ध्यान अहिले अफगानस्तान तर्फ मोडिएको छ । खासमा तालिवान कन्दहार देखि हेरातसम्म किन कब्जा गरयो त ?
कन्दहार तालिवानको जन्म भएको स्थान हो । तालिवानले कन्दहारको वाहिरी भाग हत्तौं अघि देखि रेकीमा राखेको थियो । वुधवार उनीहरुले कन्दहारको जेल तोडे भने विहिवार उनीहरु मुख्य शहरमा मज्जाले हिंडेको दृश्य देखिएको थियो । यो शहर राजधानी कावुल पछिको महत्वपुर्ण शहर हो । कन्दहार कृषि र उद्योग प्रशस्त भएको शहर हो । यहि शहरमा अफगानस्तानको अन्र्तराष्ट्रिय विमानस्थल छ । यो शहरसंग नेपाल पनि जोडिएको छ । कुनै समय नेपालबाट दिल्लि जान लागेको विमान अपहरण भएर कन्दहार पुरयाइको थियो र भारतले नेपालको एयरपोर्ट सुरक्षित छैन भनेर प्रश्न उठाएको थियो,जुनकुरा पछि असत्य सावित भयो ।
यस्तै,तालिवानले गाजी शहर पनि कब्जा गरेको छ । यो शहर पनि रणनीतिक रुपमा निकै महत्वपुर्ण मानिन्छ । गाजीबाट राजधानी कावुलसम्म आउने मोटरवाटो रहेको छ । राजधानीबाट दक्षिण तर्फको यो मुख्य मार्ग हो ।
यस्तै हेरोत शहर पनि तालिवानको कब्जामा हप्तौंसम्म रहयो । पछि यसलाइ सरकारी सेनाले मुक्त गरेको थियो । हेरात यति महत्वपुर्ण शहर हो कि यहि शहरमा प्राचिन शिल्क रोड रहेको छ । अफगानस्तानबाट चिन हुदै मंगालियासम्म जाने शिल्क रोड यहि पर्दछ ।
साँझसम्म ठिकठाक रहेको कन्दहारमा मध्यरातमा तालिवानी शहर पसेर झण्डा फहराएका थिए । गत महिना मात्र तालिवान आक्रमणमा परि एक हजार भन्दा बढी आम नागरिक मारिएका छन ।




