रिबन

शकुनीको राज्य कन्दहार तालिवानको कब्जामा,अमेरिका र वेलायतले सैनिक पठाउने

काठमाण्डौं । महाभारतका प्रमुख पात्र मध्येका एक शकुनीको राज्य अफगानस्तानको कन्दहार मुस्लिम अतिवादी समुह तालिवानको कब्जामा परेको छ । अमेरिकाले अफगानस्तान छाडे लगत्तै बलशाली भएको तालिवानले अफगानस्तानको ६ वटा राज्य कब्जा गरिसकेको छ । कन्दहार अफगानस्तानको राजधानी कावुल पछिको मुख्य शहर हो ।

कन्दहार अफगानस्तानको ब्यापारिक हव हो भने रणनीतिक रुपमा पनि महतवपुर्ण शहर हो । कुनै समय तालिवानको यस इलाकामा भयंकर सञ्जाल थियो जसलाइ अमेरिकी फौजले तोडेको थियो । तालिवानले अफगानस्तानमा वितण्डा मच्चाउन थालेपछि अमेरिकाले अमेरिकी दुतावासमा रहेका मानिसलाइ छुटाउन ३ हजार अमेरिकी सैनिक तत्काल पठाउने निर्णय गरेको छ ।

यता वेलायतले पनि ६ सय जनाको सानो फौज छोटो अवधिको लागि पठाउने निर्णय गरेको छ । शक्तिराष्ट्रहरुले अफगानस्तानमा रहेका आफनो देशको नागरिकलाइ छुटाउन पहल गर्न थालेका छन ।

अमेरिकाले २० बर्षसम्म सैनिक राखेर शान्ति ल्याउन कोशिश गरेको अफगानस्तानको हेरात,गाजी जस्ता शहर तालिवानले कब्जा गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *