रिबन

ओली समुहकै नेता पृथ्वीसुब्बाले भने-केपीले एमाले खरानी पार्ने भए

काठमाण्डाैं।नेकपा एमालेका निर्वाचित सचिव पृथ्वी सुब्बा गुरूङले पार्टी धुलाेमा मिल्ने भयाे भनेर चिन्ता प्रकट गरेका छन। एमाले र माअेावादी मिलेर वनेकाे नेकपा पार्टी अध्यक्ष केपी ओलीले सन्तुलन मिलाउन नसक्दा खरानी हुने अवस्थामा पुगेकाे भन्दै चिन्ता ब्यक्त गरेका छन।

नेकपाकाे विभाजनसंगै गण्डकी प्रदेशकाे मुख्यमन्त्री गुमाउनु परेका सुब्बाले अध्यक्ष अहंकारी हुदै गएकाे अनुभव गरेका छन।उनले भनेका छन-हाम्रो मौजुदा बिधानले नै सामुहिक नेत्तृत्व प्रणालीलाई अंगीकार गरेको छ । तर अध्यक्ष ओली उत्तर कोरियाली कम्युनिष्ट पार्टीको प्रमुख जस्तो गरेर अघि बढ्न थालेपछि समस्या देखा परेको हो । ओलीको त्यस्तो ब्यक्तिबादी कार्यशैलीकै कारण एमालेलाई अपुरणीय क्षति भइसक्यो । अब त पार्टी खरानी हुन मात्र बाँकी छ ।

गत चुनावकाे तिन तहमा अत्यधिक मत हासिल गरेकाे कम्युनिष्ट पार्टीले तिन बर्षमै सारा सरकार र मत किन गुमाउनुपरयाे ? भनेर उनले प्रश्न गरेका छन।उनले भनेका छन-एमाले ०७३ साल र ०७४ सालका निर्बाचनमा तीनै तहमा ठूलो दल आफ्नो बिरासत कायम ग¥यो । त्यसैले बहुसंख्यक स्थानीय सरकारसहित प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश गरी पाँच प्रदेशको सरकारको नेतृत्व गर्ने अबसर पायौं पनि । संघमा पनि स्पष्ट बहुमतका साथ सत्तासिन भयौं । आज अध्यक्ष ओलीको अहंकार र एक्लै हिड्ने प्रबृतिका कारण संघ गुम्यो, गण्डकी गुम्यो, लुम्बिनी गुम्यो । अझै अरु गुम्नेवाला छन् ।

उनले पार्टी फुटनु र सरकार गुम्नुमा प्रचण्ड र माधव नेपाललाइ गाली गरेर मात्र नपुग्ने वताएका छन।उनले भनेका छन-आफ्नै पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउन माधब नेपालले भूमिका खेले भनेर आक्रोस पोख्ने मात्र होइन, नेता नेपाललाई ओलीले किन त्यहाँसम्म पु¥याए भनेर सोच्ने हो भने बिबादको समाधान भेटिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *