काठमाण्डाैं। तीन बर्षसम्म सरकार चलाएका शंकर पाेखरेलले राजीनामा दिएकाे भाेलिपल्ट नै सरकारकाे नेतृत्व गरेका माअेावादी नेता कुलप्रसाद केसी साेनामकाे सरकारले पहिलाे वैठकबाट नै महत्वपुर्ण निर्णय गरेकेा छ।
प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिए लगत्तै मन्त्रीपरिषद वनाएर सरकार गठन गरेका थिए केसीले ।यसपछि वसेकाे मन्त्रीपरिषद वैठकले लाेभलाग्दाे ८ निर्णय गरेकाे छ। लुम्विनी प्रदेश वैठकले प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै, कोभिड–१९ का बिरामीको तत्काल उद्धार गर्न हटलाइन र सवारी साधन (एम्बुलेन्स) को व्यवस्था गर्ने र सोको खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको छ ।
बैठकले कोरोना प्रभावित क्षेत्रमा घुम्ती शिविरमार्फत एन्टिजेन परीक्षणको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने, कोभिड–१९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाइ प्रदेशवासी जनतालाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।
बैठकले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फेर्ने बिरामीहरुलाई उपचारका लागि हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारका तर्फबाट थप दुई लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
त्यस्तै, मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको मागको आधारमा एउटा पोर्टेबल अल्ट्रासाउन्ड मेसिनसहित तालिमप्राप्त नर्स उपलब्ध गराउने निर्णय पनि भएको छ ।
जनतासंग प्रत्यक्ष सराेकार राख्ने निर्णय गरेर पहिलाे वैठकबाट केसी सरकारले जनताकाे मन जित्ने सुर कसेकाे छ।कांग्रेस र माअेावादी विच ८-८महिना सरकार चलाउने सहमति छ।केसीपछि कांग्रेसका विरेन्द्र कनाैडिया मुख्यमन्त्रि हुनेछन।




