काठमाण्डाैं। नेपाली कांग्रेसकाे वैठक भाेलि फेरि वस्ने गरि सम्पन्न भएकाे छ।
सरकार वनेपछि पहिलाे पटक वसेकाे नेपाली कांग्रेसकाे केन्द्रीय समितिकाे वैठक भदाै १६ मा गर्ने भनेकाे महाधिवेशन सर्ने भएपछि अब कहिले गर्ने भन्ने विवादमा सहमति गर्न केन्द्रित हुन थालेकाे छ। बैठकमा साउन दाेस्राे साता देखि वडातहकाे अधिवेशन हुनुपर्ने तालिका प्रभावित भएकाेले केन्द्रिय महाधिवेशन पनि प्रभावति भएकाे कुरामा नेताहरू सहमत भएका छन तर अब कहिले महाधिवेशन गर्ने भन्नेमा भने नयाँ सहमति जुटन सकेकाे छैन।केन्द्रीय समितिकाे वैठक अघि पार्टी सभापति शेरवहादर देउवा,वरिष्ठ नेता रामचन्द्र पाैडेल तथा नेता कृष्णप्रसाद सिटाैला विच भएकाे छलफल कुनै निष्कर्षमा पुग्न सकेन।
उक्त वैठकले केन्द्रीय समितिका सदस्यकाे धारणा सुनेपछि मात्र नयाँ कार्यकतालिकाकाे वारेमा कुरा गर्ने निधाे गरयाे तर यसपछि वुढानलिकण्ठमा वसेकाे केन्द्रीय समितिकाे वैठकमा महामन्त्री पूर्णबहादुर खडकाले नयाँ कार्यतालिका नै प्रस्ताव गरेनन। दुइ वटा राजनीतिक प्रस्ताव उनले पेश गरेका छन।साेहि वैठकमा विमलेन्द्र निधिले उनकाे नेतृत्वमा वनेकाे समितिले गरेकाे कामकाे व्रिफिङ गरेका छन। वैठका युवा नेता कल्याण गुरूङले सक्रिय सदस्यता चयनमा धाँधनली भएकाे भन्दै असहमति राखेका छन।
देउवा निवासमा यसरी केन्द्रीय समिति वैठक बसिरहदा बाहिर युवाहरूलले समयमा महाधिवेशन हुनुपर्छ भनेर सभापति देउवालाइ ज्ञापनपत्र वुझाएका छन।यसरी ज्ञापनत्र वुझाउने युवा नेतामा रन्जीत कर्ण रहेका छन।उनी तिनै मानिस हुन जसले नेविसंघकाे अधिवेशन पटक पटक समय थप्दा पनि गर्न नसकेर यतिकै नेतृत्व छाडेका थिए । उनैले ज्ञापनपत्र बुझाएपछि देउवाले ब्यग्य गर्दै-मैले अधिवेशन गर्छु भन्ने थाह पाएर तिमीहरूले ज्ञापनपत्र दिएकाे हाे ? भनेका थिए। उनले अब धेरै हल्ला नगर महाधिवेशन हुन्छ भनेर युवाहरूलाइ पठाएका थिए।
कांग्रेस केन्द्रीय समिति बिहीवारबाट सुरू भएकाे छ र यसले केही दिन समय लिने देखिन्छ। प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले सहमतिमा नयाँ मिति निर्धारण गर्ने र राष्ट्रिय राजनीतिलाईपनि दिशा दिन नयाँ निर्णय गर्ने बताएका छन।




