राजनीति

अवैधानिक भेला बन्द गरेर महाधिवेशनकाे माहोल सिर्जना गर्न संस्थापन पक्षका सभापतिहरुको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय सभापतिहरुले जिल्ला सभापतिको नाममा भएका अवैधानिक भेला बन्द गरेर जिल्ला अधिवेशनमा लाग्न पार्टी सभापतिहरुलाई सुझाव दिएका छन । काठमाडौंमा उपलब्ध संस्थापन पक्षीय सभापतिहरु सहभागी कुपन्डोलको समिट होटमा भएको छलफलमा अवैधानिक भेला बन्द गरेर जिल्ला अधिवेशनको पक्षमा माहोल सिर्जना गर्न आह्वान गरेको हो ।

आज बस्ने केन्द्रीय समितिको वैठकमा राय,सल्लाह सुझाव दिने र जिल्ला सभापतिको नाममा गरेको भेलामा सहभागीहरुलाई राय सल्लाह र सुझाव दिने विषयमा संस्थापन पक्षका सभापतिहरुको छलफल केन्द्रित भएको भक्तपुर जिल्लाका सभापति दुर्लभ थापाले जानकारी दिए ।

संकल्प खवरसँगको कुराकानीका क्रममा सभापति थापाले भने सबै पक्ष मिलेर पार्टीको महाधिवेशन सम्पन्न गरी पार्टीको बैधानिक संकट टार्नु पर्छ । अवैधानिक क्रियाकलाव र गवितविधि गरेर पार्टीमा बैधानिक शंकट ल्याउने गतिविधि बन्द गरिनु पर्छ ।

पौडेल पक्षले आयोजना गरेको जिल्ला सभापतिको भेलाप्रति असहमति प्रकट गर्दै जिल्ला अधिवेशन गर्नु पर्ने सभापतिहरु काठमाडौंमा अवैधानिक भेला बोलाएर अधिवेशन भाड्न खोजेको आरोप थापाले लगाए । सभापतिको नाममा गरिएको गुटको भेला छोडेर जिल्ला फर्केर जिल्लामा अधिवेशन माहोल तयार गर्न सभापति थापाले आह्वान गरे ।


छलफलमा २६ जिल्लाका सभापतिहरु सहभागी थिए । संस्थापन पक्षमा ३६ जनाभन्दा बढी जिल्ला सभापतिहरु छन ।
पौडेल पक्षले आयोजना गरेको सभापति भेलामा ३५ जना जिल्ला सभापतिहरु सहभागी थिए ।

यस्ताे छ संस्थापन पक्षीय जिल्ला सभापतिहरुकाे छलफलकाे निश्कर्ष

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *