रिबन

माओवादी नेताले भने-ओली सरकारले हनुमान देख्यो,यो सरकारले कुलमान मात्र देख्यो

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले चोटिला प्रश्न गरेका छन । प्रतिनिधिसभाको बिहीबारको वैठकमा बाेल्दै उनले वर्तमान सरकारले नेपाल विद्युत प्राधिकरणमा नियुक्त गरेका कुलमान घिसिङमाथि प्रश्न गरेका छन । जुम्लाबाट निर्वाचित सांसद महतले संसदमा भने–अघिल्लो सरकारले हनुमान मात्र देख्यो अनि यो सरकारले चाहिं कुलमान मात्र देख्यो । कुलमान बुढो भएपछि यो सरकारले के गर्छ ?

उनले कुलमानप्रति दुराग्रह नरोखेको भन्दै तर सुधार गर्नुपर्ने थुप्रै संस्था भएपनि सरकारले भने नेपाल विद्युत प्राधिकरण मात्र हेरेको बताएका छन । उनले भने–नेपाल एयरलायन्स छैन ? अरु संस्थान छैन डुबेको ? खाली किन कुलमान मात्र काँधमा बाेकेर हिंडेको ?

उनले घाटामा गएका र सुधार्नुपर्ने थुप्रै संस्था भएपनि सरकारले ध्यान नदिएको भन्दै गुनासो गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *