देश

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्दै कुलबहादुर केसी

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रका नेता कुलबहादुर केसी बन्ने निश्चित भएको छ । प्रदेश सभाका विपक्षी गठबन्धनमा रहेका चार दलले सरकार गठनका लागि आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गर्न लागेका छन्।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार राजीनामा दिएपछि पद रिक्त छ । लगत्तै प्रदेश प्रमुख शेरचनले बिहीबार दिउँसो ३ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।

सरकार गठनका लागि कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले दाबी पेस गर्न लागेको हो। विपक्षी गठबन्धनले माओवादी संसदीय दलका नेता केसीलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ।

विपक्षी गठबन्धनसँग स्पष्ट बहुमत छ। कांग्रेसका १९, माओवादीका १८, जसपाका चार र जनमोर्चाका एक सांसद छन्। ८७ सदस्य प्रदेश सभामा अहिले प्रदेश सभामा ८० सांसद मात्रै छन्। बहुमतका लागि ४१ सांसद आवश्यक पर्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *