रिबन

देउवा वदलिएको तीन घटना

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुन चाहन्थे–मुकेश काफ्ले । प्रधानमन्त्री केपी ओलीले कुलमान घिसिङलाई म्याद नथपी हितेन्द्र शाक्यलाई कार्यभार नदिउन्जेलसम्म काफ्ले उतिवेलाका विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासँग मिलेर आफूलाई विद्युत प्राधिरण प्रवेश गराउँछन भन्नेमा ढुक्क थिए तर त्यस्तो भएन । अन्त्यमा ओलीले शाक्यलाई जिम्मेवारी दिए । उतिवेला मात्र होइन,यतिवेला जब देउवा प्रधानमन्त्री भए,यसपछि पुन मौका पाउँछु भन्नेमा काफ्ले ढुक्क थिए । तर,यसपटक पनि त्यस्तो भएन । कांग्रेस महाधिवेशन प्रतिनिधि मात्र होइन,काफ्ले देउवाका असल अनुयायी पनि हुन । तर देउवाले यसपटक काफ्ले होइन,कुलमान नै रोजे । बुधवार कुलमानले पदभार पनि ग्रहण गरिसके ।


धेरै राजनीतिकर्मीहरु अझै पनि प्रधानमन्त्री देउवा होस्ल्यांगे छन् र काम गर्दा ढंग पुर्याउँदैनन् भन्ने ठान्दछन् । उनीबाट काममा कहिं न कहिं चुक हुन्छ भन्ने अनुमान गरेर बसेका पनि छन तर पाँचौं पटक प्रधानमन्त्री भएका देउवा भने यसपटक पाइला यसरी चालिरहेका छन् कि फुकी फुकी हिंडन थालेका छन् । उनी सचेत भएर हिंडन थालेको उदाहरणको रुपमा कुलमानको नियुक्तिलाई लिन सकिन्छ । तर,यसमा पनि कतिपय मानिसहरु कुलमान मात्र हो त योग्य ? भनेर प्रश्न गरिरहेका छन । तर,बुझ्न जरुरी छ–चुनावको मुखमा भएको सरकारले जोखिम उठाउदैन र पपुलर काम गर्छ । योग्य उसले त्यतिवेला खोज्छ जब उ निर्वाचित भएर आउँछ ।


राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.गोविन्द पोखरेल आशा गरेर बसेका थिए । अरु अर्थशास्त्री पनि देउवाको रोजाइमा पर्ने आशा गरेर बसेका थिए तर स्वयम् देउवाले भने विश्वविद्यालयमा पढाउँदै गरेका,अमेरिकाबाट पिएचडी गरेर फर्केका उम्दा र युवा विश्वनाथ पौडेललाई रोजे । अनुभवीलाई नरोजेको भनेर आलोचना हुनुपर्ने ठाउँमा सही मानिस चयन भएको भनेर देउवाका कटु आलोचक पनि प्रशंशामा उत्रिए ।
प्रधानमन्त्री देउवा निकै चतुर्याइको साथ अघि बढिरहेका छन ।

जम्मा २३ सिट जितेको कांग्रेस सरकारमा जान्छ भनेर अरु त अरु स्वयम देउवाले पनि ठानेका थिएनन तर राजनीतिको पल्स छाम्न माहिर खेलाडी देउवाले यसपटक संघीय सरकार मात्र होइन,प्रदेश सरकारमा पनि पार्टीलाइ प्रवेश दिलाइसके । गण्डकी र लुम्विनी प्रदेशमा नेतृत्वमा नै पार्टीलाइ ल्याइसके भने कर्णाली प्रदेश यहि बाटोमा छ । र,रोचक र ध्यानपुर्वक हेर्नुपर्ने कुरा के छ भने संघीय सरकार देखि प्रदेश सरकार समेत ढल्दा फाइदा कांग्रेसले लिइरहेको छ तर गाली माधव नेपाल र प्रचण्डले खाइरहेका छन् । अहिले महिनादिनसम्म पनि सरकार विस्तार हुन नसकेको भनेर उनी आलोचना खेपिरहेका छन तर भित्र भित्र चाहि पार्टीलाइ आगामी चुनावमा सहज वातावरण बनाउन एमालेको माधव नेपाल पक्षलाई सरकारमा ल्याउन आलोचना सहेर पनि कुरेर बसेका छन । माधव नेपाल पक्ष सरकारमा आउनु भनेको एमाले फुटनु हो र यसो हुदा फाइदा कसलाई हुन्छ ? यो भनिरहन पर्दैन ।

पार्टीकाे वैठक वालुवाटारमा नगर्नु,नेताहरूसंगकाे वैठकमा समान कुर्सीमा वस्नु,युवा नेताहरूसँग भेटेर गलत कामकाे विराेध गर भन्नु र नेताहरूले गरेकाे टिप्पणी ध्यानपुर्वक सुन्नु उनमा देखिएकाे परिवर्तनकाे संकेत हाे।


उनले यसबीचमा खेप्नुपरेको आलोचना भनेको स्वास्थ्यय मन्त्रीको नियुक्ति हो तर खोपको मात्रा बढेको छ र खोप केन्द्र पनि विस्तार भएको छ । यसले विस्तारै मन्त्री श्रेष्ठ माथिको आक्रोश पनि कम हुन थालेको छ ।

अब उनले मिलाउन वाँकी पार्टी महाधिवेशन मात्र हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *