देश

लुम्बिनीमा २४ घन्टाभित्र मुख्यमन्त्री दाबी गर्न दलहरूलाई आह्वान

काठमाडौं । लुम्बिनी प्रदेशमा २४ घन्टाभित्र मुख्यमन्त्री दाबी गर्न दलहरूलाई आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभामा रहेका दल र सांसदहरूलाई मुख्यमन्त्रीमा बहुमत सिद्ध गर्न बिहीबार २४ घन्टासम्मका लागि समय दिएका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री पद रिक्त छ । प्रदेश सभामा आफू स्पष्ट अल्पमतमा परेपछि पोखरेलले बुधबार दिउँसो पदबाट राजीनामा दिएका थिए ।

कांग्रेस, माओवादी केन्द्र र जसपाले प्रदेश सभामा पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव गरेका थिए । पोखरेलले प्रस्तावको फेस नगरी नै पदबाट राजीनामा दिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *