राजनीति

ओलीले भने– एमसिसी कहाँ गयो ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गरेका छन् । प्रधानमन्त्रीबाट हटेपछि उनले पहिलोपल्ट प्रतिनिधिसभामा सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा ओलीले आफ्नो नेतृत्वको सरकारका पालामा भएका कामको खुबै गुणगान गरे । उनले आफ्नो नेतृत्वको सरकारले धेरै राम्रो काम गरेको दाबी गरे ।

उनले अहिले सरकार र प्रतिपक्ष दलबीच संवादहीनताको अवस्था आएको बताए । सरकार उन्मादमा रहेको आरोप पनि लगाए ।

प्रमुख प्रतिपक्षी दल एमालेका नेतासमेत रहेका ओलीले सरकारले हालै सार्वजनिक गरेको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम संसद्बाट छलेर ल्याएको भन्दै असन्तुष्टि जनाए । उनले २६ गते संसद् बैठक बस्दैछ भने किन २४ गते नै कार्यक्रम सार्वजनिक गरियो भन्दै प्रश्न गरे ।

उनले साझा कार्यक्रममा कांग्रेस हराएको आरोप लगाए । उनले एमसिसी कहाँ हरायो भनेर प्रश्न पनि गरे । ‘तपाईको संयुक्त सरकारले एमसिसी के गर्छ प्रधानमन्त्रीज्यू ? एमसिसी पारित कसरी गर्नुहुन्छ ?’ ओलीले प्रश्न गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *