काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि प्रधानमन्त्री हुने दावी गरेका छन । मंगलवार प्रतिनिधिसभामा वोल्दै जस्केलाबाट नभइ असाधारण मतबाट जितेर फेरि प्रधानमन्त्री बन्छु भनेका हुन।
दुई पटकसम्म संसद विघटन गरेका ओलीले सम्वोधनको सुरुमा नै प्रधानमन्त्री शेरवहादुर देउवाले महिना दिनसम्म मन्त्रीपरिषदसम्म बनाउन नसकेको भन्दै ब्यग्य गरेका छन ।
उनले आफू प्रधानमन्त्री हुन नजन्मिएको बताउदै भने–६४ बर्षसम्म प्रधानमन्त्री भइन । काम गर्दै जाँदा भएँ । अरु जस्तो जालझेल, तिकडम, षडयन्त्र, गठवन्धन गरेर म प्रधानमन्त्री भएको होइन ।
उनले गठवन्धनकारी दलले केही नगरेको भन्दै अरुलाई गाली गरेर आफू ठूलो हुन खोजेको बताए ।




