रिबन

एमाले वैठकमा ओलीको आपत्ति–एमसीसी किन खारेज गरेन देउवा सरकारले ?

काठमाण्डौं । पार्टी एकताको लागि भइरहेको पहललाइ समेत लत्याएर एकतर्फी रुपमा वैठक वसेर अध्यक्ष झन शक्तिशाली वनाउने तवरमा अघि बढेका एमाले अध्यक्ष केपी ओलीले गठवन्धन सरकार प्रति आश्चर्य प्रकट गरेका छन । उनले गठवन्धनले ल्याएको न्युनतम साझा कार्यक्रम भ्रम पैदा गर्ने शब्दको जालो मात्र भनेका छन । अध्यक्ष ओलीले एमसिसिको वारेमा एक शब्द पनि नवोलेको भन्दै न्युनतम साझा कार्यक्रम प्रति आश्चर्य प्रकट गरेका हुन ।

एमाले केन्द्रिय कमिटीमा एमसिसिको वारेमा ओलीले के भने भनेर केन्द्रिय कमिटी सदस्य विष्णु रिजालल वुदागत रुपमा सार्वजनिक गरेका छन । उनको भनाइ अनुसार,वैठकमा ओलीले भनेका छन–यो सरकारले एमसिसि खारेज गर्नुपथ्र्यो तर किन गरेन ?उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल देखि अन्यलाइ समेत संकेत गरेर एमसिसिको वारेमा किन नवोलेको भनेका हुन ।

ओली सरकार हुदा प्रचण्ड लगायतका दलले एमसिसि खारेज हुनुपर्ने वताएका थिए । केन्द्रिय कमिटीको वैठकमा ओलीले वोलेका कुरा भने यस्ता छन–

१. परमादेशबाट बनेको सरकारको न्यूनतम साझा कार्यक्रम हेर्दा शब्दजाल बाहेक केही छैन । बोल्नुपर्ने विषयमा मौन छ । एमसीसीका बारेमा त्यसमा एक शब्द पनि छैन ।

२. हिजो हामी सरकारमा हुञ्जेल एमसीसीका बारेमा उनीहरु होहल्ला गर्थे । अहिले ती ‘क्रान्तिकारी’हरु सरकारमा भएको बेलामा सीधै एमसीसी खारेज गर्छौं भन्न सक्नुपथ्र्यो नि त !

३. एमसीसी ससद्मा छ । पास गर्ने कि फेल गर्ने भन्नेबारेमा कथित साझा कार्यक्रममा एक शब्द छैन । एमसीसी के हो ? यस सरकारसँग कुनै दृष्किोण नै छैन ।

४. एमसीसीका बारेमा जसले वार्ता गर्यो, जसले सम्झौता गर्यो- उहाँहरु अहिले सरकारमा हुनुहुन्छ । एमसीसी पारित हुन १३६ मत चाहिन्छ, उहाँहरुसँग १६५ मत छ । हामीसँग कसैले केही कुरै गरेको छैन । त्यसैले हामीले त्यसमा सहभागी हुनुपर्ने वा नपर्ने भन्ने प्रश्नै छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *