राजनीति

झाक्रीको कुराले ल्यायो नयाँ तरंग

काठमाण्डौं । नेकपा एमालेमा पार्टी एकताको लागि पहल भइरहदा अचानक केपी ओली समुहले वैठक गरेर विधान संशोधन गरेपछि एकताको वातावरण फेरि विथोलिएको छ । पार्टीमा अध्यक्ष झन शक्तिशाली वनाउने,अध्यक्ष र महासचिव मात्र चुन्ने नयाँ प्रस्ताव ओली पक्षले गरेको छ ।

पार्टी एकताको लागि पहल भइरहदा यसरी ओली पक्ष एकतर्फी ढंगबाट अघि बढेको भन्दै माधव नेपाल पक्षले भने कडा प्रतिक्रिया दिएको छ । एमाले माधव नेपाल पक्षका भीम रावल देखि सुरेन्द्र पाण्डेसम्मले एकताको लागि बल गर्नुपर्छ भन्दै माधव नेपाललाइ दवाव दिदै आएका थिए । तर ओली एक तर्फी ढंगबाट अघि बढेपछि माधव नेपाल पक्षकी सांसद रामकुमारी झाक्रीले भने कडा प्रतिक्रिया दिएकी छिन ।

उनले भनेकी छिन–क. ख. ओलीको नजरमा संसारमा २ प्रकारका मान्छेहरू छन् :

१) शत्रुहरू

२) चाकरहरू

उहाँ के गर्न चाहनुहुन्छ भन्ने स्पष्ट नै छ। त्यसैले आज जे गर्दै हुनुहुन्छ, जस्तो पार्टी बनाउन खोज्दै हुनुहुन्छ त्यो अनौठो होइन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *