राजनीति

निर्वाचन आयोगमा जसपाको नयाँ अभिलेख, महन्थ र राजेन्द्रसहित १६ जना पार्टीविहीन

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ कार्यकारिणी समितिको विवरण अद्यावधिक गरेको छ। उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि पठाइएको अभिलेख अद्यावधिक गरिएसँगै महन्थ ठाकुरको अध्यक्ष पद पनि गुमेको छ। जसपामा ३५ सदस्यीय नयाँ कार्यकारिणी समिति अद्यावधिक गरेको निर्वाचन आयोगले जनाएको छ ।

महन्थ ठाकुर, राजेन्द्र महतोसहितका १६ जना पार्टीविहीन अवस्थामा पुगेकाले अब अर्को विकल्प खोज्नुपर्ने भएको छ । फागुन ११ गते आयोगले ‘हेड काउन्ट‘मार्फत् बहुमत प्राप्त गरेको यादव पक्षलाई आधिकारिकता दिएको थियो ।

त्यतिबेला आयोगमा यादवपक्षमा ३४ जनाले सनाखत गरेका थिए। तटस्थ बसेका रेशम चौधरी पछि यादवपक्षतिर खुलेपछि कार्यकारिणी समितिमा ३५ जना भएका हुन् । अहिले ठाकुर–महतो पक्ष छुट्टै पार्टी निर्माणका लागि तराई मधेस अभियानमा छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *