राजनीति

पौडेल समूहको बैठक शशांक निवासमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको केन्द्रीय समिति बैठक महामन्त्री डा. शशांक कोइराला निवास महाराजगन्जमा बसेको छ । पार्टी महाधिवेशन निर्धारित मितिमा नहुने निश्चित भएपछि पौडेल समूह आन्तरिक छलफलमा जुटेको हो ।

सोमबार बिहान जिल्ला सभापति भेला गरेको पौडेल समूह अहिले आफूनिकट केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यसँग पार्टी महाधिवेशनका बारेमा छलफलमा जुटेका हुन् । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सितादेवी यादवलगायत सहभागी छन् ।

क्रियाशील सदस्यता विवादका कारण कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बनेको हो । भदौ १६–१९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका प्रभावित भइसकेको छ । तर कांग्रेसले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छैन । महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक भदौ २८ गते बोलाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *