विचार

सभापतिजी तपाई जतिसुकै आलोचित हुनुपरेपनि आसन्न कांग्रेस महाधिवेशन रोक्नु नै बेस

बहत्तर सालमा भएको महाधिवेशन पश्चात् कांग्रेसको विधानअनुसार चार वर्षभित्र अर्को महाधिवेशन भइसक्नु पर्थ्यो । कोरोनाका कारण क्रियाशील सदस्यताको काम प्रभावित भयो भन्दै कांग्रेसले महाधिवेशन कार्यतालिकालाई पटक-पटक संशोधन पनि गर्यो। समयमा महाधिवेशन गर्न नभ्याएकाले विधानले दिएको म्यादमा पनि हुन नसक्ने भएपछि संविधानको राजनीतिक दलसम्बन्धी प्रावधान रहेको धारा २६९ को उपधारा ४ (ख)मा टेकेर अब थप ६ महिना लम्ब्याउने निर्क्योलमा कांग्रेस पुगेको हो। किनकी उक्त धारामा राजनीतिक दलले प्रत्येक पाँच वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने अनि कारणवस नसकिएमा छ महिना थप्न सकिने उल्लेख गरिएको करण त्यसैमा टेकेर महाधिवेशन गरेन अप्ठेरो परेको छ ।

वर्तमान परिस्थितिलाई केलाएर हेर्ने हो भने अहिले पुनः देखिएको डेल्टा प्लस भेरियन्ट महामारीको कारण पनि महाधिवेशन सम्पन्न गर्न सक्ने अवस्था अझै पनि देखिदैन।

अतः कोभिड–१९ महामारीका कारण नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि परिमार्जन गरिएको कार्यतालिका पुनः प्रभावित भएको छ । महामारीका कारण कांग्रेसले परिमार्जित कार्यतालिका अनुसार सम्पादन गर्नुपर्ने कामहरु सम्पन्न गर्न पनि सकिरहेको छैन । “कोभिड महामारीका कारण पाँच महिना त निषेधाज्ञा र लकडाउनमानै वित्यो। तालिकानुसार क्रियाशील सदस्यता वितरण हुन सकेन। झन्डै १० लाखको हाराहारीमा सक्रिय सदस्यको विषय वडा तहदेखि टुङ्ग्याउनुपर्ने अवस्था छ। भद्र १६ १७ देखि हुने भनिएको महाधिवेशन यसकारण गर्नसक्ने  अवस्था नभए पछि संविधान बमोजिम छ महिना अवधि पनि समत्न सक्ने अवस्था रहेन । अर्को तर्फ महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ भन्ने तप्का अझ सकृय हुदैछ।

अहिलेको परिवेषमा नयाँ भेरिएन्ट डेल्टा प्लसबाट  प्राय : नेता तथा कार्यकर्ता सङ्क्रमित भएका छन भने कतिको निधन पनि भएको छ। भाइरस ‘म्युटेसन’ भएर डेल्टा प्लसको रुपमा आएपछि अझ तीव्र वेगमा महामारी फैलिन थालेको छ। त्यसैले यो “अस्वाभाविक परिस्थिति आउँदै गर्दा यो समय महाधिवेशनका लागि समयानुकुल छैन र यो अस्वाभाविक परिस्थिति हो भन्नेकुरा सबैले बुझ्नु पर्नेहुन्छ ।

तर पनि तेश्रो पटक नयाँ कोभिड भरियन्ट देखा परेर अहिले महामारीको रुपमा देखा परेको छ । मुलुकमा पुनः निषेधाज्ञा थपिएको यस्तो अवस्थामा महाधिवेशन गर्नु भनेको कर्यकर्ताको स्वस्थ्यमा खेलवाड गर्नुहो। अतः सभापतिजी तपाई जतिसुकै आलोचित हुनुपरेपनि यस पटक पनि महाधिवेशन गर्ने समयतालिका रोक्नुनै बेस हुन्छ । किनकी अहिले तपाईको सामुन्ने पार्टीकार्यकर्ताको जीवनको रक्षा ठूलोकी विधान र संविधान ? सभापतिजी फेरि विधान र संविधानले त कोरोना महामारी भनेको चिन्दैन पनि यसलाई चिनाउनु पर्यो। विधान र संविधानको “यस्तो अवस्थाले कांग्रेस वैधानिक सङ्कटमा परिसकेको छ । अब कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर छलफल हुन जरुरी छ ।

फेरी अर्को तर्फ नयाँ कार्यतालिका अनुसार कांग्रेसले समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा पार्टीको आन्तरिक संरचना समायोजन गरी सक्नुपर्ने अन्तिम अवधिसम्म पनि विवाद समनधान हुन सकेको छैन । तर, कांग्रेसको अझै ११ जिल्लामा आन्तरिक संरचना समायोजन गर्न बाँकी छ ।

अर्कोतर्फ नेपाली कांग्रेसको केन्द्रीय पाटि कार्यालय सानेपामा रौतहट प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा क्रियाशील विधी विधान र प्रक्रियाको रित नपुर्‍याई क्षेत्रीय सभापति र जिल्ला सभापतिले धाधली गरेको भन्दै न्याय पाउ भन्द कहि दिन देखि रिले अनशन बस्दै आएका छन ।

महाधिवेशन र क्रियाशीलको विषयलाई लिएर अनशनकारीहरु सँग छानबिन समितिले कुराकानीका क्रममा विधान विपरीत ल्याएका क्रियाशील सदस्यहरुलाई सदर गरी दिनुहोस् नत्र महाधिवेशन नै भाडिन्छ भन्ने कुरा गरेको अनशनकारीको तर्फबाट महाधिवेशन प्रतिनिधिले बताएका छन् ।अनशनकारीहरुको माग यस्तो रहेको छ ।


नेपाली कांग्रेसको केन्द्रिय पाटी कार्यालय सानेपामा रौतहट प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा रौतहट प्रतिनिधि सभा क्षेत्र नं १ प्रमाण सहितको उजुरी दिँदा पनि छानबिन समितिले सुनुवाई नगरेको हुनाले अनशन बसेको जनाएका छन्।


अनशनकारीहरुको मागहरु:
१. रौतहट प्रतिनिधि सभा क्षेत्र नं १ को चार वटै निकायको कार्य समिति बाट सिफारिस नभई आएको नया क्रियाशील सदस्यता खारेज हुनुपर्छ।

२. ३१ वटा वडा सभापतिलाई र कार्य समितिलाई नया क्रियाशील सदस्य फारम उपलब्ध गराउनुपर्छ।

३. ९८ जनालाई नवीकरण गर्न छुटाएकोले केन्द्रिय पार्टी कार्यालयमा नगदी रसिद काटी नाम सहित छानबिन समितिलाई उजुरी दिएको उक्त नामावलीलाई इन्ट्री हुनुपर्छ।

४. हाल फर्जी क्रियाशील नं र नाम राखी नविकरणको लागि सिफारिस गरेको नाम खारेज हुनुपर्छ : माधवनारायण नगरपालिका वडा नं १ मा १६ जना, वडा नं २ मा १४ जना, वडा नं ३ मा १६ जना, वडा नं ५ मा ५ जना, वडा नं ६ मा ६ जना, वडा नं ७ र ८ मा १७ जना, गरुडा नगरपालिका वडा नं १ मा १६ जना, गढीमाई नगरपालिका वडा नं ६ र ७ मा ७३ जना, वडा नं ८ मा ३२ जना, यमुनामाई गाउँपालिका वडा नं २ मा १२ जना, ३ मा १४ जना, ५ मा ११ जना

५. वडा सभापतिलाई फारम नदिएको र कार्यसमितिबाट निर्णय नभएको नयाँ क्रियाशील सदस्यको नामावली खारिज गर्नुपर्ने: माधवनारायण नगरपालिका वडा नं १ मा २० जना, २ मा २१ जना, ३ मा ३० जना, ५ मा ३२ जना, ६ मा २९ जना, ७ मा ५० जना, यमुनामाई गाउँपालिका वडा नं १ मा २६ जना, २ मा २९ जना, ३ मा २० जना, ४ मा ५२ जना, ५ मा ३५ जना, दुर्गाभगवती गाउँपालिका वडा नं ३ मा ३५ जना,

६. नयाँ क्रियाशील सदस्यता फारम वडाबाट सिफारिस भएको रसिद काटी इन्ट्री गराएको तर पार्टीबाट प्रकाशन भएको नामावलीमा नाम परिवर्तन भएर प्रकाशन भएको नामहरू खारेज हुनुपर्छ:- वडाहरु: राजदेवी नगरपालिका वडा नं ५ मा २२ जना, ६ मा १७ जना

७. फोरम लोकतान्त्रिक बाट समायोजन भएको भन्दा बढी क्रियाशील सदस्यको नाम पठाएका नामहरू खारेज हुनुपर्छ वडाहरु: यमुनामाई गाउँपालिका वडा नं ४ मा ४२ जना, दुर्गाभगवती गाउँपालिका वडा नं २ मा ११ जना, राजदेवी नगरपालिका वडा नं १ मा १२ जना, वडा नं ५ मा ७ जना, गौर नगरपालिका वडा नं ५ मा २० जना

नोट: नयाँ क्रियाशील फारम नदिएको वडाहरुलाई फारम उपलब्ध गराउनु पर्ने, नभए रौतहट प्रतिनिधि सभा क्षेत्र नं १ मा १३ औँ महाधिवेशनमा सहभागी भएको क्रियाशीलको आधारमा अधिवेशन गराउनुपर्ने।   

छानबिन समितिले प्रमाण सहितको उजुरी दिदा पनि उजुरीहरु नहेर्ने फर्जी क्रियाशीललाई सदर गरि दिनुस भन्ने प्रष्ट पाटिले निर्धारण गरेको आधारभुत आधार चारै निकायले निर्णय गरेर पठाएको सदस्यलाई सदर गर्ने नविकरणमा फर्जी गरेर राखेको नाम हटाउनु पर्ने १३औ महाधिवेशनमा भाग लिएको सदस्यहरुको क्रियाशील नविकरण गरिनु पर्ने लगायतको माग रहेको अनशनकारीको भनाई रहेको छ।

यसै बीच अहिलेको परिस्थितिमा पार्टी कार्यकर्ताहरुलाई कसरी बचाउनेतर्फ लाग्ने हो की ? वर्तमान परिस्थितिको आकलन गरेरै महाधिवेशनका विषयमा अन्यथा बोलेको भन्दै कोही पनि रिसाउनु वा खुसी हुनुपर्ने विषय प्रसङ्ग उल्लेख गर्न उचित नहोला कि म नै ठूलो हुँ भन्नुभन्दा पनि पहिलो पङ्तिको कांग्रेस भन्नेहरुलाई थाहाछ कि अधिवेशन गर्ने भन्ने वित्तिकै माथि तह देखि गाउँ तह सम्मका सबै कृयाशील एवम् साधारण सदस्यहरु आ-आफ्ना प्रतिनिधि छान्न जम्मा हुनुनै पर्छ। कतिपय स्थानमा त सामाजिक दुरी कायम गर्न नसक्ने स्थिति पनि रहन्छ। अब भन्नोस सभापतिजी तपाईले ति कर्यकर्ताको जीवन रक्षा कसरी गर्नुहुन्छ ? जसले केन्द्रीय समितिको छनोट गर्न प्रतिनिधि पठाउँछन। जनताका लागि देशका लागि राजनीति गर्ने हो भने जनतालाई जोखिममा धकेल्न हुन्छ ? देशलाई नै भोलि संकट आउने काम राजनीतिक दलले गर्नु हुन्छ ?”   यस्तो संकटमा पनि पार्टीका शीर्ष नेताहरुले आ-आफ्नो प्रतिष्ठा बचाउने बहानामा आरोप र प्रत्यारो गर्न उचित होला र ? ।

यो कुरा पनि हेका राख्न जरुरी छ की अहिले नेपालमा  सङ्क्रमितहरु पुनः बढ्ने क्रममा रहेका छन् । देखिएका सङ्क्रमितमध्ये सबभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूहका छन् ।

यस्तो अवस्थामा सभापतिजी तपाईले कसरी अधिवेसन गराउनुहुन्छ ?  तीव्रत्तर रुपमा फैलिरहेको तेस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ । यो महामारी तत्काल साम्यहुने अवस्था पनि छैन । त्यसमा पनि हाल तपाईको नेतृत्वमा सरकार चलिरहेको छ। यो परिस्थितिमा कांग्रेसले विधानले अधिवेसन तोकेको कार्यविधि बमोजिम प्रतिनिधि छनोट क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अविभारा तपाई माथि छ भने देशवासी जीवन रक्षाको जिम्मेवारी पनि तपाईले बहन गर्नुपरेको छ।

फेरी अहिले गाँउबस्ती, टोल छिमेकमा समेत जताततै कोरोना संक्रमितको संख्या ह्वात्यै बढेको छ। अहिले भन्ने वित्तिकै एम्बुलेन्स पाईन्न, अस्पतालमा बेड छैन, अक्सिजन छैन, औषधी पाईएन, लौन सहयोग चाहयो भनेर  आफन्तलाई गुहार्ने गरिएको छ। सहयोगको लागि बाहिर निस्कन सक्ने अवस्था छैन। सबै निरीह बनिरहेका छन्। तत्काल यो महमारीको अन्त हुने देखिदैन। अहिले यो अवस्थामा खोप पाए पनि यथास्थितिमा फर्किन लामो समय लाग्नसक्छ।  खोप पाएर सुरक्षित हुन लामो समय लाग्न सक्छ।

 यसका लागि, पार्टी र सरकारको तर्फ बाट तपाईँले तत्काल गर्नु पर्ने दुईवटा काम देखिन्छ। सबैलाई खोप र संक्रमितको उपचार र अस्पतालमा बेड , अक्सिजन पर्यप्तताको व्यवस्थापन । अतः संक्रमणको रोकथाम र नियन्त्रणमा पार्टी पङ्तिलाई परिचालन गर्नुपर्ने।

त्यसैले सभापतिज्यू लागायत नेतृत्व तहलाई मेरो आग्रह-विधान र संविधान भन्दापनि आम नागरिक एवम् कार्यकर्ताको जीवन रक्षाका लागि जुटौँ न की अधिवेसन। नियम कानुन विधान र संविधानका प्रवधानहरुलाई सङ्कट काल घोषणा गरेर महामारीलई शून्यको अवस्थामा झारेर अधिवेशन परिमर्जन र व्यवस्थापन गर्न सकिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *