काठमाण्डौं । काठमाण्डौंको ठमेलमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डाकेको जिल्ला सभापतिको भेलामा ३५ जिल्ला सभापति उपस्थित भएका छन । सोमवार विहानै पार्टी सभापति शेरवहादुर देउवा विरुद्ध फायर खोलेका पौडेलले दिउसो भेला डाकेर पार्टी महाधिवेशनको वारेमा जिल्ला सभापतिको धारणा वुझेका छन ।
भेलामा उपस्थित भएका जिल्ला सभापति सवुज बानियाले यसलाइ भेला वा गुटको वैठक नभन्न आग्रह गरेका छन । उनले राजधानीमा उपलब्ध सभापतिहरुको छलफल मात्र भएको वताएका छन । उनले यसो भनेपनि यो गुटको भेला हो भन्ने कुरा विहानै वरिष्ठ नेताले सामाजिक सञ्जालमा लेखेर जानकारी दिइसकेका छन ।
उनले आफु पार्टी नेतृत्वसंग कति असन्तुष्ट छु भन्ने सन्देश पनि यहि लेख मार्फत दिन भ्याइसकेका छन । ठमेलमा भएको भेलामा पौडेल पक्षले सुरुमा ४७ जिल्ला सभापति रहेको दावी गरेपनि खासमा त्यहाँ ३५ जिल्ला सभापति रहेको वुझिएको छ । भेलामा भुमि आयोग छिटै गठन गर्न माग गरिएको छ भने कोभिड नियन्त्रणको लागि प्रभावकारी विधि अपनाउन सरकार लाग्नुपर्ने सुझाव पनि दिइएको छ । यो भेलाले भदौमा महाधिवेशन नभए के गर्ने भनेर पनि छलफल गरेको छ ।
कांग्रेसले भदौ १६ मा महाधिवेशन गर्ने भनेर मिति तय गरेको थियो तर सक्रिय सदस्यको विवाद अझै नटुंगिएकोले महाधिवेशनको वाँकी काम पनि यतिकै थन्किएको छ । अब महाधिवेशन सार्ने,विशेष महाधिवेशन गर्ने वा निर्वाचन आयोगको सहरा लिएर महाधिवेशनको मिति पर सार्ने भन्ने विषयमा छलफल गर्न कांग्रेसले केन्द्रिय समितिको वैठक पनि डाकेको छ ।
तर,वैठकमा कसरी प्रस्तुत हुने भनेर धारणा वनाउन जिल्ला सभापतिको भेला पौडेल पक्षले गरेको हो ।




