काठमाडौँ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिताविनै एमालेको स्थायी समिति बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।
स्थायी समितिको सोमबारको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो । संशोधन प्रस्ताव अब केन्द्रीय कमिटी बैठकमा लगिनेछ ।
आगामी भदौ २७ र २८ गते बोलाइएको विधान महाधिवेशनलाई लक्षित गर्दै विधान संशोधन प्रस्ताव पारित गरिएको हो ।
अध्यक्ष केपी ओलीले राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि पेस गरेर त्यसलाई एकरुपता दिइएको छ ।
एमालेको यसअघिको स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ ।
आजै केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने तयारी गरेको छ ।
माधव नेपाल पक्षका नेताहरुले ओली पक्षलाई अधिवेशनसम्बन्धी गतिविधि रोक्न चेतावनी दिँदै आए पनि त्यसलाई बेवास्ता गर्दै एमाले अघि बढेको छ ।




