राजनीति

भदौमा महाधिवेशन नहुने भएपछि पौडेल पक्षले बोलायो जिल्ला सभापतिको भेला

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन निर्धारित मिति भदौ १६–१९ मा नहुने भएको छ । तर, अहिलेसम्म महाधिवेशन स्थगित भएको बारे कुनै निर्णय भएको छैन । महाधिवेशनको नयाँ मिति तोक्नकै लागि मंगलबार केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले पनि भदौमा महाधिवेशन नहुने बताइसकेका छन् । स्रोतका अनुसार कांग्रेस महाधिवेशन तीन महिनापछि सार्ने तयारी भएको छ । मंसिरमा महाधिवेशन गर्ने बारे तालिका तयार पारिएको छ ।

यसैबीच, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको बैठक बस्‍दैछ । आज दिउँसो बस्‍ने बैठकमा काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू सहभागी हुँदैछन् ।

कांग्रेस महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले बताए । कांग्रेस महाधिवेशन तोकिएको समयमै नहुने भएपछि पौडेल पक्षका सभापतिहरूको बैठक बस्‍न लागेको हो । भेला राजधानीको एउटा होटलमा आयोजना हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *