रिबन

अचानक रामचन्द्र पौडेल देउवासंग जंगिए

काठमाण्डौं । पार्टी केन्द्रिय समितिको वैठकको अघिल्लो विहान नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जंगिएका छन । महाधिवेशनको लागि अब दुइ साता मात्र वाँकी रहदा पार्टी नेतृत्व महाधिवेशनको मिति सार्ने ध्याउन्नमा लागेपछि उनले सोमवार विहानै असक्षम भनेर सभापति शेरवहादुर देउवामाथि कडा प्रहार गरेका छन ।

वरिष्ठ नेता पौडेलले समयमा महाधिवेशन नगरेर निर्वाचन आयोगसंग भिख माग्ने अवस्थामा पार्टीलाइ पुरयाएको आरोप पनि लगाएका छन । उनले भनेका छन–यो देशकै विडम्वना हो,सर्वत्र असफल ब्यक्तिहरु वारम्वार सत्ता सम्हाल्न पुग्छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *