कला/साहित्य

हाइकु

१.
टोकेर भाग्यो
कीरा लागेको अम्बा
भुइँमा खस्दा !
२.
पोटिलो बैंस
रहर नै सुरिलो
लामो सिउँडी !
३.
छेरिदिएछ
माकुरै ठहरियो
पानीको फोका !
४.
हरियो बोट
हल्लिँदै झुण्डिएको
पहेँलो मेवा !
५.
ढाडे बिरालो
दुध देख्नै हुँदैन
चाटेर भाग्छ !
६.
खुट्टा नै त हो
जुत्ता देख्ने बित्तिकै
छिरिहालल्छ !

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *