काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ । करिब तीन घण्टा बसेको स्थायी समिति बैठकमा सरकारका साझा नीति तथा कार्यक्रमबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गरेका छन् ।
अध्यक्ष प्रचण्डको ब्रिफिङसँगै कार्यदलमा रहेका सदस्यहरुले त्यसबारे थप स्पष्ट पार्ने काम भएको छ । बैकठमा अन्य सदस्यहरुले साझा नीति तथा कार्यक्रमबारे बोलेका छन् ।
समग्रमा साझा नीति तथा कार्यक्रम ठीक भए पनि केही संशोधन गर्नुपर्ने आवश्यक रहेको सदस्यहरुले औंल्याएका छन् ।
भूमि आयोग खारेजीका विषयमा पनि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले बैठकमा भूमि आयोग चाँडै गठन गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।
लुम्बिनी प्रदेशका सांसद विमला वलीको अपहरणका विषयमा ध्यानाकर्षण भएको भन्दै बैठकले घोर निन्दा गर्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।




