राजनीति

‘एकताको नाममा पार्टीका गतिविधि रोक्न सकिँदैन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी ओली समूहले एकताको नाममा पार्टीका गतिविधि रोक्न नसकिने स्पष्ट पारेको छ ।

विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले बोलाएको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको नियमित काम चल्ने र एकताका लागि कुनै गतिविधि नरोकिने स्पष्ट पारेका हुन । उनले पार्टी गतिविधि रोक्न आएका सुझाव पार्टीहित बिपरित रहेको उनको भनाइ थियो ।

उनले स्थानीय तहको चुनाव नजिक आइरहेको, पार्टी महाधिवेशन गर्नुपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने धारणा राखे । ज्ञवालीले सत्ता पक्ष आक्रामक रूपमा अघि बढेकाले प्रमुख प्रतिपक्षी आफ्ना काम रोकेर बस्न नसक्ने स्पष्ट पारे ।

उनले विधान संशोधनमा समेट्नुपर्ने विषयमा स्थायी कमिटीका सदस्य, प्रदेशका नेताहरू, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समितिका सदस्यहरूसँग छलफल भएको बताए । विधान संशोधनको प्रस्ताव तयार भएपछि सवै तहमा अध्ययनका लागि पठाइने एमालेको तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *