काठमाण्डौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २३ गतेसम्म महाधिवेशन नभए सभापति शेरवहादुर देउवालाइ नमान्ने वताएका छन । १३ औं महाधिवेशनको वैधानिकता भदौ २३ गते सकिने भन्दै उनले यसपछि देउवा वैधानिक रुपमा सभापति नहुने तर्क गरेका छन ।
पौडेल समुहले आज नेता प्रकाशमान सिंहको निवास चाक्सीवारीमा गरेको छलफलपछि यस्तो भनाइ सार्वजनिक गरेका हुन ।
उनले पौडेल समुहमा जसरी पनि महाधिवेशन गर्न दवाव दिने र भदौ २३ पछि पार्टीको वैधानिकता सकिने तर्क गरेका हुन ।




