राजनीति

माधव पक्षको एकपछि अर्को बैठक बस्दै, आजै नयाँ पार्टी गठन हुने अनुमान

काठमाडौं । एमालेका माधवकुमार नेपाल पक्षको आज एकैदिन दुई बैठक बस्दैछ । पहिले स्थायी कमिटी बैठक र त्यसपछि केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

एमाले अध्यक्ष केपी ओलीले ‘माधव नेपाल पक्षसँग एकताको च्याप्टर क्लोज’ भनेसँगै नेपाल पक्षको एकैदिन दुई बैठक बोलाइनुले धेरैले अनेक आशंका गरेका छन् । कतिपयले कतै आजै नेता नेपालले नयाँ पार्टी त गठन गर्न लागेका होइनन् भन्ने अनुमान गरेका छन् । केहीले भने पार्टी एकताको गृहकार्य अन्तिममा पुगेकाले दुवै बैठक राखेर निर्णय गर्न लागेको अनुमान गरेका छन् ।

नेपाल पक्षले बैठकमार्फत् आजै वार कि पारका लागि रणनीति बनाउने बुझिएको छ । यसअघि नेपाल पक्षले आफू पक्षीय केन्द्रीय सदस्यहरुको हस्ताक्षरसमेत संकलन गरिसकेको छ । जसमा ४० प्रतिशतको हस्ताक्षर संकलन भइसकेकाले नयाँ पार्टी पो गठन हुने हो कि भन्ने चासो उत्पन्न भएको छ ।

एमालेको नवौं महाधिवेशनबाट गठन भएको २०३ केन्द्रीय सदस्य छन् । जसमध्ये नेपाल पक्षमा ८० भन्दा बढी रहेको बुझिएको छ । ओलीलाई अन्तिम एकपटक प्रस्ताव गर्ने र त्यसमा सहमति नबने नेपाल छुट्टै पार्टी गठन गर्ने गरी बढ्ने तयारीमा पुगेको स्रोतले बताएको छ । छन् । उनले आफूपक्षीय स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरुलाई डाकेर अन्तिम एकपटक प्रयास गर्ने र कुरा नमिले भावी कदममा साथ दिन भनेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *