काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज (बिहीबार) का लागि केन्द्रीय समिति बैठक बोलाएको छ। आफुनिकट नेताहरुलाइ नेपालले एमालेकै नाममा केन्द्रिय समिति बैठक बोलाएका छन् । राजधानीमा बोलाइएको बैठकमा देशभरका केन्द्रीय सदस्यहरु सहभागी हुने नेपाल पक्षले बताएका छन्। तर
संस्थापन अर्थात केपी ओली समूहले आजको बैठकलाई अनधिकृत भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
नेकपा (एमाले)ले पार्टीका नाममा पटकपटक अवैधानिकरूपमा बैठक गर्ने पक्षबाट सजग रहन भन्दै विज्ञप्ति नै निकालेको छ ।
बुधबार एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाएका हुन् ।




