रिबन

कांग्रेसका तिन शीर्ष नेताविच तिनदिनमा क्रियाशील सदस्य विवाद टुंगाे लगाउने सहमति

काठमाण्डाैं।नेपाली कांग्रेसमा महाधिवेशनलाइ धक्का पुरयाइरहेकाे क्रियाशील सदस्य विवाद टुगाे लगाउने सहमति भएकाे छ। कांग्रेसका तिन जना शीर्ष नेताहरूविच पार्टी सभापति शेरवहादुर देउवाकाे निवास वुढानिलकण्ठमा भएकाे छलफलमा तिन दिनभित्र विवाद हल गर्ने सहमति भएकाे छ।

देउवा निवासमा सभापति देउवा,वरिष्ठ नेता रामचन्द्र पाैडेल र नेता कृष्णप्रसाद सिटाैलाकाे विचमाे वार्ता भएकाे थियाे।यसअघि नेताहरूकाे विचमा पाच दिन भित्र विवाद हल गर्ने सहमति भएकाे थियाे।

बुधवारकाे छलफलमा भने नेताहरू अब विवाद हल गर्ने र छिटै महाधिवेशनमा लाग्ने कुरामा सहमत भएका छन।

बैठक क्रियाशील सदस्य छानवीन समिति संयाेजक रमेश लेखकले विवाद करिव करिव हल हुने दिशा तर्फ गएकाे वताएका छन।उनले अब २-३ दिनमा विवाद मिल्ने सकारात्मक सन्देश दिएका छन।भदाैमा महाधिवेशन नभए कांग्रेस पार्टीकाे वैधानिकता माथि नै प्रश्न उठनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *