काठमाण्डौं । नेपाली कांग्रेसका नेता गगन थापाले आफु स्वास्थ्य मन्त्री हुन चाहेको वताएका छन । चितवनको भरतपुरमा पुगेका थापाले वुधवार विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै मौका पाए मन्त्री हुन तयार रहेको वताएका हुन ।
तर मन्त्री हुनको लागि कुनै दवाव भने नदिने वताएका छन । उनले पत्रकारहरुसंग भने–यो सहमतिय सरकार हो । बडो कष्टले सरकार वनेको छ । यस्तो बेलामा म कुनैदवाव दिन चाहन्न तर यदि प्रधानमन्त्रीले चाहनुभयो भने म उहालाइ सहयोग गर्न चाहन्छु । उनले मन्त्री हुनै पर्छ भन्ने मान्यता नराखेको पनि उनले वताए ।
उनले भने–यदि प्रधानमन्त्रीले संसदमा नै काम गर भन्नुहुन्छ भने म त्यहीं काम गर्छु । प्रधानमन्त्री शेरवहादुर देउवाले स्वास्थ्यराज्य मन्त्री उमेश श्रेष्ठलाइ वनाएका छन भने स्वास्थ्यमन्त्री खाली राखेका छन ।




